स्वास्थ्य बीमा बोर्डले ६ महिनामा करिब सात अर्ब भुक्तानी गर्यो |
काठमाडौं । स्वाथ्य बीमा बोर्डले चालु आर्थिक वर्षको पुससम्ममा ६ अर्ब ९१ करोड ७१ लाख रुपैयाँ भुक्तानी गरेको छ । बोर्डले चालु आर्थिक वर्ष भित्र ५ पटक गरी सो बराबरको दाबी रकम बोर्डमा आवद्ध सेवा प्रदायक संस्थाहरुलाई भुक्तानी गरेको हो ।

