काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल प्रहरीलाई साइकल सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रुपन्देहीको कञ्चन–३, हरैयास्थित अस्थाई प्रहरी पोष्ट प्रतापपुरलाई दुई थान साइकल प्रदान गरेको हो ।
काठमाडौं । लगातार बढिरहेको सुनको मूल्य आज प्रतितोला ६० हजार पुगेको छ । गत शुक्रबार पनि ६० हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्यमा बीचमा दुई रुपैयाँ घटे पनि आज पुनः ६० हजार रुपैयाँ प्रतितोला पुगेको हो ।
काठमाडौं । एनआईसी एशिया बैंकले न्यू प्रिमियम समुन्नति बचत खाता अनलाइनबाट खोल्ने व्यवस्था मिलाएको छ । बैंकले ‘सोच बदलौं, एनआईसी एशिया बैंक नै रोजौं’ भन्ने मूल नाराका साथ उक्त सेवा शुरु गरेको हो ।
काठमाडौं । नेपाल बङगलादेश बैंकले ग्राहकहरुलाई सगौरव बचत खाता अन्तर्गत दशैं शुभकामना योजना ल्याएको छ । यो योजनामा आवद्ध हुने ग्राहकहरुले आफ्ना खातामा १ लाख वा त्यसभन्दा बढी निक्षेप गरेमा बैंकले २५ ग्रामको चाँदीको सिक्का उपहार दिने बताएको छ ।