काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले मिसकल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवाअन्तर्गत ग्राहकहरूले बैंकले उपलब्ध गराएका विभिन्न मोबाइल नम्बरहरूमा मिसकल दिएर आफ्नो खाताका बारेमा जानकारी लिन सक्नेछन् ।
काठमाडौं । बिहीबार बैंकर संघको भेलाले मुद्दती निक्षेपको ब्याजदर घटाउने सहमति गरेको छ । उक्त भद्र सहमति अनुसार अधिकांश बैंकले नयाँ ब्याज दर सार्वजनिक गरेका छन्।
काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले सिराहाको लहानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले हालै सञ्चालनमा ल्याएको उक्त नयाँ शाखाको लहान नगरपालिकाका प्रमुख मुनी साह सुडीले उद्घाटन गरेका हुन् ।
काठमाडौं । विश्व बैंकले नेपाललाई करीब रू. २३ अर्ब सहुलियतपूर्ण ऋण सहयोग दिने भएको छ । इण्डोनेसियाको बालीमा जारी विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका बेला उक्त रकम ऋण सहयोग गर्ने समझदारी भएको हो ।
काठमाडौं । एनआईसी एशिया बैंकले बाँके जिल्लामा एकैसाथ दुईवटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले नेपालगञ्ज उपमहानगरपालिका– ८, त्रिभुवन चोक र बैजनाथ गाउँपालिका– ६, सम्झना चोकमा नयाँ शाखा कार्यालय स्थापना गरेको हो ।
काठमाडौं । राजधानीको मुटु जमलमा रहेको विश्वज्योती मलमा दशैँ तिहार सुपर अफर सुपर छुट योजना शुरु भएको छ । नजिकिँदै गरेको चाड पर्वलाई लक्षित गरी मलले यस्तोे योजना संचालनमा ल्याएको हो ।