काठमाडौं । सानिमा बैंकले २ अर्ब रुपैयाँबराबरको ऋणपत्र (डिबेन्चर) निष्कासन गर्ने भएको छ । त्यसका लागि नेपाल धितोपत्र बोर्डले हिजो शुक्रबार १ हजार रुपैयाँमा २० लाख इकाई ऋणपत्र निष्कासन गर्ने अनुमति दिएको हो ।
काठमाडौं । अबदेखि चेक बाउन्स हुने समस्याको अन्त्य हुने भएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडले विद्युतीय भुक्तानी (कनेक्ट आईपीएस ईपेमेन्ट) प्रणालीको शुरुवात गरेसँगै त्यस्तो समस्याको अन्त्य हुने भएको हो ।
काठमाडौं । व्यावसायिक छाता संगठनका पदाधिकारीहरूलाई खुशी पारेर विदेशमा हुने व्यापार तथा प्रदर्शनीमा सहभागी हुने नाममा विदेश जाने प्रथाको अन्त्य भएको छ ।
काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय भोजपुरको दिङ्लामा सञ्चालनमा आएको छ । उक्त शाखाको उद्घाटन षडानन्द नगरपालिकाका मेयर वीरवल राईले गरेका हुन् ।
काठमाडौं । नेपाल बंगलादेश बैंक र खल्ती डिजिटल वालेटबीच मोबाइल भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट डेपुटी सीईओ सुरेन्द्रभूषण श्रेष्ठ र खल्तीका तर्फबाट डाइरेक्टर अमित अग्रवालले हस्ताक्षर गरेका हुन् ।