काठमाडौं । एनआईसी एसिया बैंकले काठमाडौं उपत्यकाभित्र दुई र पर्साको जगरनाथपुुुरमा एक गरी ३ नयाँ शाखा थपेको छ । बैंकले भक्तपुरस्थित राधेराधे र दुवाकोटमा शाखा खोलेको छ ।
काठमाडौं । काठमाडौं महानगरपालिका कालिमाटीस्थित फलफुल तथा तरकारी बजारमा प्रभु बैंकको कालिमाटी शाखा कार्यालयले एक्स्टेन्सन काउन्टर स्थापना गरी सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । ओम डेभलपमेन्ट बैंकले ‘मेरो बचत खाता’ सञ्चालनमा ल्याएको छ । सरकारले संचालन गरेको ‘खोलौं खाता अभियान’ अन्तर्गत बैंकले यस्तो योजना ल्याएको बैंकले जानकारी दिएको छ ।
काठमाडौं । बीमा समितिले बीमा कम्पनी मर्जरमा लैजान आइतबार निर्देशिका जारी गरेको छ । समितिले जीवन बीमा कम्पनी जीवनसँग र निर्जीवन बीमा कम्पनी निर्जीवनसँग मर्जर तथा एक्विजेशनमा जाने गरी निर्देशिका जारी गरेको हो ।
काठमाडौ । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेश काजी श्रेष्ठले नेपाल र चीनबीचको द्विपक्षिय सम्बन्ध प्रवद्र्वनमा नेपाल चेम्बरको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले अर्थतन्त्रमा राम्रो संकेत देखिएको बताएका छन्।् । राष्ट्र बैंकको ६४औं बार्षिकोत्सवको अवसरमा बोल्दै डा. नेपालले भने, तीन बर्षदेखिको उच्च आर्थिक बृद्धिले अर्थतन्त्रमा उत्साह थपेको हो ।
काठमाडौं । सनराइज बैंक र एशियन लाईफ इन्स्योरेन्स कम्पनी बीच बैंकासुरेन्स सम्झौंता भएको छ । बैंकासुरेन्स सम्झौता अनुसार बैंकले देश भर रहेका १०४ वटै शाखाहरुबाट एशियन लाइफको जीवन बीमा योजनाहरु विक्री गर्न सक्नेछ ।
काठमाडौं । रुस्लान भोड्काले हाम्रो रुस्लान नामको प्रचार अभियान शुरु गरेको छ । प्रचार अभियान बिदेशिने तथा घर फर्कने विषयमा केन्द्रित रहेको कम्पनीले जानकारी दिएको छ ।