सनराइज बैंक र एशियन लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौंता |
काठमाडौं । सनराइज बैंक र एशियन लाईफ इन्स्योरेन्स कम्पनी बीच बैंकासुरेन्स सम्झौंता भएको छ । बैंकासुरेन्स सम्झौता अनुसार बैंकले देश भर रहेका १०४ वटै शाखाहरुबाट एशियन लाइफको जीवन बीमा योजनाहरु विक्री गर्न सक्नेछ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र एशियनका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ बीच बैंकासुरेन्स सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भयो ।
बैकले १०४ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११९ वटा एटीएम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


