अहिले देशैभर तिहारको रमझम शुरू भइसकेको छ । घरआँगनमा ढकमक्क फूल फुलेका छन्, घरकोठाको सजावट र रङरोगन गरिँदै छ, विदेशिएका दाजुभाइहरू घर फर्कन थालेका छन् भने दिदीबहिनीहरूले यो उत्सवलाई ‘विशेष’ बनाउन सोहीअनुसार तयारी थाल्दै छन् ।
ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाका युवा नेता तथा महासमिति सदस्य कुमार लुइँटेलले आफ्नो सक्रियतामा सञ्चालित शैक्षिक अभियानअन्तर्गत ओखलढुंगाको सुनकोशी गाउँपालिका– ९, ककनीका विपन्न परिवारका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।
तिहारमा बत्तीको प्रयोग बढी हुने हुँदा आगलागीको सम्भावना पनि उत्तिकै हुन्छ । बत्तीको प्रयोग सबैभन्दा बढी हुनाले तिहारमा आगलागी धेरै हुने गरेको छ । आगलागी प्राकृतिक विपत्ति होइन, मानवीय त्रुटिका कारण हुने घटना हो ।
काठमाडौं । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात तिहार आजबाट शुरु भएको छ । तिहारको पहिलो दिन आज कागको पूजा गरी मनाइँदै छ ।
काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाको प्रस्तावित ३२.५ प्रतिशत साधारण शेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित भएको छ । आज सम्पन्न संस्थाको दोस्रो वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।