हुम्ला । हिमाली जिल्ला हुम्लामा आज बिहान हिमपात भएको छ । गएका वर्षहरूमा पुस महिनाबाट हिमपात शुरु हुने गरेको भए पनि यो वर्ष कात्तिकमै हिमपात हुन थालेको छ ।
पर्सा । चालू आर्थिक वर्ष (आव) २०७५७६ को तीन महीनामा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा रू ५ अर्ब ४३ करोड बढी राजस्व संकलन गरेको छ । उक्त राजस्व रकम गतआवको सोही अवधिको तुलनामा ४२ प्रतिशतले बढी हो ।
काठमाडौं । भूकम्पका कारण क्षतिग्रस्त बनेको हनुमानढोका दरबार क्षेत्रमा अहिले पुनर्निमाणले गति लिएको छ । झण्डै तीन दर्जन सम्पदा रहेको यस क्षेत्रमा भूकम्पका कारण १० सम्पदा पूर्ण रूपमा क्षति भएका थिए ।
रुपन्देही । प्रहरीले ३७ किलो चरेससहित तीन जनालाई बुटवलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना स्थानीय तहका जनप्रतिनिधिसमेत रहेको प्रहरीले बताएको छ ।
काठमाडौं । प्रभु बैंकले चालू आर्थिक बर्षको प्रथम त्रैमासमा आफ्नो खुद नाफा ७१.५७ प्रतिशतले अर्थात २४ करोड ९६ लाख ३९ हजार रुपैयाँले बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
काठमाडौं । बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी अवलोकन गर्नेको भिड लागेको छ । नजिकिँदै गरेको तिहारलाई लक्षित गरी आयोजना गरिएको मेलामा फूल किन्ने तथा अवलोकन गर्नेको भिड लागेको हो ।
काठमाडौं । आजबाट दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा व्यावसायिक रुपमा केवलकार सञ्चालनमा आएको छ । दशैंँअघि नै परीक्षण गरिएको केबुलकार आजदेखि व्यावसायिक रुपमै सञ्चालनमा आएको हो ।
काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले आर्थिक वर्ष २०७४⁄७५ को नाफाबाट ५.२६ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको शुक्रबार सम्पन्न १७औं वार्षिक साधारणसभाले नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।