सुर्खेत । भारत–नेपाल–चीन (तिब्बत) जोड्ने त्रिदेशीय सडक निर्माणमा कर्णाली प्रदेश सरकारले बेवास्ता गरेको छ । प्रदेश सरकारले हालै ल्याएको बजेटमा सामरिक तथा व्यापारिक दृष्टिकोणले समेत महŒवपूर्ण मानिएको चिसापानी–गुटु–मङ्गलसेन सडकलाई सम्बोधन नै गरिएको छैन ।
काठमाडौं । स्वास्थ्य परीक्षणमा सिण्डिकेट गरी ठगी गरेको आरोप लागेका भीएलएनका अध्यक्ष रामकुमार श्रेष्ठ १२ लाख रुपैयाँ धरौटी राखी मङ्गलवार रिहा भएका छन् ।
पर्वत (आपास) । गत शनिवार राति परेको वर्षासँगै गएको पहिरोमा परी पर्वतको महाशिला गाउँपालिका–५, लुङ्खुदेउरालीमा रहेको एक बस्ती नै विस्थापित हुन पुगेको छ ।
तनहुँ (आपास) । विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको विभिन्न सरकारी तथा निजीसमेतको गरी झण्डै नेपाल ३५ लाख ९५ हजार रुपैयाँ विद्युत् महशुल उठ्न बाँकी रहेको छ ।
काठमाडौं (आपास) । सेञ्चुरी कमर्शियल बैंकले थप चार शाखा सञ्चालनमा ल्याएको छ । शाखा विस्तारका क्रममा बैंकले सुनसरीको चतरा र झुम्का, मोरङको रङ्गेली र झापाको चन्द्रगढीमा शाखा स्थापना गरेको छ ।
काठमाडौं (आपास) । कुमारी बैङ्क र ओम हस्पिटल एण्ड रिसर्च सेण्टरबीच हालै एक सम्झौता भएको छ । आप्ना ग्राहकलाई उपचारमा सहुलियत दिने उद्देश्यले सो सम्झौता भएको हो ।
जनकपुरधाम (अस) । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले ट्राफिक कारबाहीलाई तीव्र बनाएको छ । कार्यालयले नियमविपरीत चलाउने सवारीसाधनका कारण बढ्दो सडक दुर्घटना रोक्न तथा व्यवस्थित पार्किङका लागि विशेष कारबाही शुरू गरेको हो ।