पर्वत । मनसुन शुरू भएपछि कालीगण्डकी नदीमा सञ्चालित जलयात्रा (-याफ्टिङ) बन्द भएको छ । नदीमा पानीको बहाव बढ्दै गएपछि उक्त नदीमा सञ्चालन हुँदै आएको जलयात्रा बन्द भएको हो ।
काठमाडौं । निर्जीवन बीमा कम्पनी जनरल इन्स्योरेन्स कम्पनीले बुधवारदेखि आफ्नो कारोबार शुरू गरेको छ । कम्पनीका अध्यक्ष कुनाल क्यालले राजधानीको हात्तीसारमा रहेको कर्पोरेट कार्यालयको उद्घाटन गर्दै औपचारिक रूपमा कारोबार सञ्चालन गरेका हुन् ।
काठमाडौं । ‘रियल स्कूल अफ नेपाल २०१८’ अन्तर्गतको पाँचौं क्षेत्रीय फाइनल बुधवार सम्पन्न भई पञ्चोदया सेकेण्डरी स्कूल राष्ट्रियस्तरको फाइनलका लागि छानिएको छ ।
काठमाडौं (आपास) । एभरेष्ट बैंकले बूढानीलकण्ठ मन्दिरलाई डष्टबिन सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको बताएको छ ।
काठमाडौं (आपास) । हंसराज हुलासचन्द एण्ड कम्पनीले यूरोग्रिप टायर नेपाली बजारमा भिœयाएको छ । एक्स्ट्रा ड्युरेबल मानिएको यो टायर लामो अवधिसम्म चल्ने कम्पनीको दाबी छ ।
काठमाडौं (आपास) । सनराइज बैंकले मिसकल बैङ्किङ सेवा सञ्चालन गरेको छ । बैंकले ग्राहकलाई सरल एवम् सहज बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको हो ।