काठमाडौं । नेपालभर ʽरेनो क्याप्चर कार्निभलʼ मेला शुरु भएको छ । नेपालमा रेनोको आधिकारिक बितरक एडभान्स अटोमोबाईल प्रालिले साउन २२ गते देखि साउन २९ गतेसम्म मेलाको आयोजना गरेको हो ।
काठमाडौं । पूर्वदेखि पश्चिमसम्मै मध्यमखालको पानी परेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अज बिहानै देखि ठुलो पानी परेकोले काठमाडौं, ललितपुर र भक्तपुरका खोला तथा नदीहरुमा ठूलो बाढी आएको छ ।
काठमाडौं । प्रोग्रेशिभ फाइनान्स कम्पनीले साउन २२ गतेसम्म कायम रहने सेयरधनीलाई २८१ प्रतिशतको हकप्रद बिक्री गर्ने भएको छ । यसअघि बुकक्लोज तोकेको कम्पनीले सोमबार हकप्रद निष्काशनको मिति भदौ ५ गते निर्धारण गरेको हो ।
आर्थिक पाटी संवाददाता काठमाडौं । प्रशिक्षार्थी कामदारका रूपमा कोरिया जानका लागि सन् २०१९ का लागि ईपीएस (कोरियन भाषा परीक्षा) उत्तीर्ण गरेकाहरूको स्वास्थ्य परीक्षण भदौ ४ गतेबाट हुने भएको छ ।