सिटिजन्स बैंकले गर्यो प्रभात माविलाई २ लाख सहयोग |
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पाल्पा जिल्ला रिब्दिकोट गाउँपालिका वडा नं ७ मैनादी मा रहेको श्री प्रभात माध्यमिक विद्यालयलाई दुई लाख रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराएको छ ।
ʽयोर पार्टनर फर प्रोग्रेसʼ भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउदैै आएको यस बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रम बिच बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको उपस्थितिमा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डुल बहादुर कुँवरलाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
कृषि बाली विज्ञान अध्ययन गर्ने पीजेटीएका विद्यार्थीहरूलाई प्रयोगात्मक शिक्षा प्रदान गर्न चाहिने सामाग्रीको खरिद गरिनुका साथ साथै विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्नका निम्ति उक्त रकमको प्रयोग गरिने कुरा अध्यक्ष कुँवरले जानकारी गराएका थिए ।
अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिक आदि जस्ता क्षेत्रमा सकरात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी दिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा एटीएम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
Visited 2 times, 1 visit(s) today


