काठमाडौं । काठमाडौंको चाबहिलस्थित केएल मोबाइल हबमा स्मार्ट मोबाइल मेला शुरु भएको छ । मेलामा जिरो डाउन पेमेण्टका साथ शून्य प्रतिशत ब्याजदरको किस्ताबन्दीमा जुनसुकै ब्राण्डका मोबाइल पनि खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं । नेपालमै पहिलोपल्ट बनिरहेको भूमिगत विद्युत प्रसारण लाइन निर्माणको काम ४८ प्रतिशत सकिएको छ । त्रिशूली–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनको मातातीर्थमा १ हजार ३ सय ९ मिटर भूमिगत लाइन बनाउनु पर्छ ।
काठमाडौं । नेपाल वायुसेवा निगमले एकैपटक ६ वटा ट्वीनअटर विमान खरिदका लागि सरकारसँग ५ अर्ब रुपैयाँ माग गरेको छ । वायुसेवा निगमले चुक्तापुँजीमा रहने गरी ५ अर्ब रुपैयाँ उपलब्ध गराउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव गरेको हो । यो पर्यटन हुँदै प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ ।
काठमाडौं । नेपाल टेलिकमले वितरण गरिरहेको घरसम्म फाइबर अर्थात (एफटिटीएच) सेवाअन्तर्गत इन्टरनेट सेवाको साथै आइपी प्रविधिमार्फत चल्ने ‘भ्वाइस टेलिफोन’ सेवा शुरु गरेको छ ।
प्रविधि क्षेत्रका ‘आइकन’ स्टिभ जब्सले ४२ वर्षअघि स्थापना गरेको एप्पल १० खर्ब डलर मूल्य छुने संसारकै पहिलो सार्वजनिक कम्पनी बनेको छ। बैंक अफ अमेरिका, डिज्ने, टोयोटोलगायत धेरै ठूल्ठूला कम्पनी गाभ्दा पनि यो मूल्य बराबर हुँदैन।
जापानमा कामदारहरुको अत्यधिक अभाव हुदै गएको सरकारी निकायबाटै शुक्रबार घोषणा भएको छ । सरकारले सार्वजनिक गरेको बार्षिक श्वेतपत्रमा विगत दुई दशकदेखि मुलुकमा कामदारको अभाव हुँदै गएको र त्यो क्रम पछिल्लो समयमा थप बढेको उल्लेख छ ।
काठमाडौँ । नेपाल सरकारको प्राथमिकताअनुसारका विकास आयोजना कार्यान्वयनमा विश्व बैंकबाट विकास सहयोग जुटाउन अर्थमन्त्री युवराज खतिवडा बैंकको मुख्यालय अमेरिकाको राजधानी वासिङ्टनडिसीतर्फ प्रस्थान गरेका छन्।
आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले मन्त्रालयअन्तर्गतका अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई यही साउन १ गतेबाट हटाउन थालेपछि चरणवद्ध आन्दोलन गर्दै आएका कर्मचारीहरूले आफ्नो समस्या सम्बोधनका लागि पाँच दिनभित्र कार्यदल गठन गर्न सरकारसँग माग गरेका छन् ।