काठमाडौं (आपास) । प्रभु लाइफ इन्स्योरेन्सले कास्कीको लेखनाथ नगरपालिकामा शाखा स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन बिहीवार साङ्ग्रिला विकास बैङ्कका अध्यक्ष डा. रवीन्द्र श्रेष्ठले गरेका हुन् ।
काठमाडौं आपास) । हुवाबेले नेपाली ग्राहकलाई लक्षित गर्दै नोभा टूआईको मूल्य घटाएको छ । ग्राहकको आकर्षण र कम्पनीले पाएको सफलताका आधारमा कम्पनीले यसको मूल्य घटाउने निर्णय लिएको हो ।
तनहुँ (आपास) । पृथ्वी राजमार्गमा पर्ने मुग्लिङ–कोत्रे सडक खण्डअन्तर्गत ७२ किलोमिटरभित्र सडक अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाइने भएको छ । सडक डिभिजन कार्यालय तनहुँले बुधवार ३५ दिने सूचना जारी गर्दै उक्त कार्य अगाडि बढाएको जानकारी दिएको हो ।