युनियन लाइफको १८ प्रकारका घातक रोगसम्बन्धी बीमा योजना |
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ग्राहकहरूको सुरक्षाका लागि नयाँ बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले विभिन्न १८ प्रकारका घातक रोगसम्बन्धी बीमा सुविधा योजना ल्याएको हो ।
इन्स्योरेन्सले आफ्ना ग्राहकहरुका लागि आर्थिक सुरक्षा दिने उद्देश्यले उक्त योजना बजारमा ल्याएको बताएको छ । कम्पनीमा प्रचलनमा ल्याइएको बालबच्चा जीवन बीमाबाहेक अन्य जीवन बीमा योजनाहरूमा उक्त घातक रोगहरू समावेश गरी थप सुविधा प्रचलनमा ल्याएको छ । यस्तो सुविधा १६ वर्षको उमेरदेखि नै लिन सकिने हुँदा न्यूनतम बीमा शुल्कमा भविष्यमा हुन सक्ने घातक रोगविरुद्ध सुरक्षा प्रदान गर्दछ ।
यो योजनाको विशेषता भनेको न्यून बीमा शुल्कमा बीमितको भविष्य सुरक्षित गर्नु हो । यो सेवा कम्पनीको सम्पूर्ण शाखाहरूका साथै यस कम्पनीसँग बैंकास्युरेन्स सेवा लिएका बैंकहरूबाट समेत लिन सकिने कम्पनीले जानकारी दिएको छ । हालसम्म कम्पनीले १० प्रकारको बीमालेख सञ्चालनमा ल्याएको छ ।



