काठमाडौं । स्वीजरल्यान्डमा अध्ययनरत तथा कार्यरत नेपाली विद्यार्थी एवं पेशाकर्मीहरूको संस्था नेपलिज साइन्टिफिक एशोसियसन इन स्वीजरल्यान्ड (नेपसास) ले ‘स्वीस नेपाल प्रविधि हस्तान्तरण कार्यशाला–२०१९’ को आयोजना गर्दैछ । यो नेपालमा आयोजना गरिएको यस्तो प्रविधि हस्तान्तरण सम्बन्धी तेस्रो संस्करण हो ।