काठमाडौं । पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गको काम सकिएको छ । यो विमानस्थल नेपालकै पहिलो कंक्रिट धावनमार्ग हो । यो सँगै पोखरा विमानस्थल तोकिएको समयभन्दा पहिले नै निर्माण हुने राष्ट्रिय गौरबको आयोजना बन्ने पक्का भएको छ । अहिले पनि विमानस्थलमा धमाथम काम भइरहेको छ ।