सनराइज बैंकको सामाजिक उक्तरदायित्व, बाजं पाटी पुनर्निर्माणमा १० लाख सहयोग |
काठमाडौं । सनराइज बैंकले खोकनाको रmद्रायणी मन्दिरमा रहेको बाजं पाटीको पुर्णनिर्माणको लागि आर्थिक सहयोग गरेको छ । बैंकले सोमबार एक कार्यक्रमबीच उक्त बाजं पुननिर्माणको लागि १० लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।
उक्त रकम हस्तान्तरण कार्यक्रममा ललितपुर क्षेत्र नं ३ का सासंंद पम्फा भुसाल, जीवन खड्का, राजकाजी महर्जन र ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनको उपस्थिति रहेको थियो । साथै बैंकका संचालक समितिका सदस्य ई. बच्छराज तातेड, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, वरिष्ठ नायव महाप्रबन्धक श्रीमती आशा राणा अधिकारीको उपस्थिति रहेको थियो ।
नँया वर्ष २०७६ को शुभकामना आदान प्रदानसँगै बाजं पाटी पुर्णनिर्माणका लागि बैंकले सो रकम हस्तान्तरण गरेको हो ।
Visited 2 times, 1 visit(s) today


