विप्लव समुहको बन्दको विभिन्न जिल्लामा प्रभाव, काठमाडौंमा बन्दको प्रभाव परेन |
काठमाडौं । विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकामा भने बन्दको खासै प्रभाव परेको छैन । सवारी साधनहरु निर्वाध चलिरहेका छन् ।
पृथ्वी राजमार्गमा बन्दको प्रभाव देखिएको छ । यो खण्डमा बिहानैदेखि सवारी साधन चलेका छैनन् । निजी सवारी साधन फाट्टफुट्ट चलेको देखिए पनि बसलगायतका सार्वजनिक गाडी गुडेका छैनन् ।
दोलखाको चरिकोट बजारमा पनि बन्दको प्रभाव परेको छ । प्रदेश ५ का मुख्य राजमार्गमा बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् । निजी सवारी साधनहरु भने न्यून संख्यामा चलेका छन् । मुख्य बजार क्षेत्र बन्द छन् ।
यसैबीच, विभिन्न स्थानमा भेटिएको बम तथा शंकास्पद वस्तुले जनजीवन त्रस्त बनेको छ । काभ्रेको पनौती–७, खोपासी जाने बाटोमा बिहानै शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । यद्यपि, उक्त शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।
Visited 2 times, 1 visit(s) today


