काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सीएमसीअन्तर्गत रहेर काम गर्ने नेपाली ठेकेदारहरूले सीएमसीबाट आफूहरूले पाउन बाँकी भुक्तानी नपाए मेलम्चीको साइट र काठमाडौं कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।
काठमाडौं । वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याज दर घटाउन सहमति गरेपछि विकास बैंकहरूले पनि ब्याज दर घटाउने सहमति गरेका छन् । विकास बैंकहरुले बाणिज्य बैंकहरुको भन्दा आधा प्रतिशत बिन्दुमाथि मात्र ब्याज दर राख्ने निर्णय गरेका छन् ।
काठमाडौँ । प्राइम कमर्सियल बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले १६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकले १६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
काठमाडौं । काठमाडौँ महानगरपालिका (कामपा) ले स्मार्ट जेब्रा क्रसिङ निर्माण गर्ने तयारी शुरु गरेको छ । नयाँ निर्माण गरिने जेब्रा क्रसिङ आधुनिक किसिमको हुने र दुवैतर्फबाट आउने गाडी दश मिटर अगाडिनै आफैँ रोकिने प्रविधि सहितको हुने कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए ।
काठमाडौं । कतारको राष्ट्रिय बैंक दोहा बैंकको सम्पर्क कार्यालय राजधानीमा खुलेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले उक्त कार्यालयको उद्घाटन गरेका छन् ।
काठमाडौं । नेपालका पूर्वराष्ट्रपतिको कुरै छाडौं पूर्वमन्त्रीको पनि छुट्टै रवाफ हुन्छ, वरिपरी २⁄४ जना सुरक्षा गार्ड राखेर ठाँटिएर हिँडेका हुन्छन् र भाषणमै दैनिकी बित्छ ।