काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ग्राहकहरुको सेवामा थप विस्तार गर्ने उदेश्यले चितवनको नारायणगढ शाखा, बेलचोकमा पुस ३ गतेबाट एटीएम सेवा संचालनमा ल्याएको छ ।
काठमाडौं । बाराको निजगढस्थित दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न सङ्घीय संसद्, राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले निर्देशन दिएको छ ।
सिन्धुपाल्चोक । ०७२ सालको महाभुकम्पपछि बन्द रहेको तातोपानी नाका खुल्ने भएको छ । भुकम्प अघिसम्म नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका रहेको तातोपानी भन्सार आगामी वैशाख १८ देखि संचालनमा आउने बताइएको छ ।
काठमाडौं । मध्य भोटेकोशीले जलविद्युत आयोजनाले दुई चरणमा निष्काशन गरेको साधारण शेयर (आईपीओ) बाँडफाँड भएको छ । जसमा सञ्चयकोषका कर्मचारीले न्यूनतम ५० देखि अधिकतम १०० कित्तासम्म र संगठित संस्थापक शेयरधनी संस्थाका कर्मचारीलाई न्यूनतम ५० देखि अधिकतम २६० कित्तासम्म शेयर पाएका छन् ।
काठमाडौं । काठमाडौं र ललितपुर महानगरपालिकाले चक्रपथमा मोनोरेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न चिनियाँ कम्पनीसँग सम्झौता गरेका छन् ।
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले ʽआजको आवश्यकता, विद्यार्थीहरुमा वित्तीय साक्षरताʼ भन्ने मुल आशयले २१५ औ वित्तीय साक्षरता कार्यक्रम सत्यनारायण माध्यमिक विद्यालय, विराटनगरमा सम्पन्न गरेको छ ।
काठमाडौं । एलआईसी नेपाल ‘बेस्ट ब्राण्ड लिडरशिप अवार्ड–२०१८’ बाट सम्मानित भएको छ । सीएमओ एशिया नामक संस्थाले काठमाडौंमा आयोजित कार्यक्रममा नेपालको लाइफ इन्स्योरेन्स कम्पनीहरु मध्येमा एलआईसी नेपाललाई ‘बेस्ट ब्राण्ड लिडरशिप अवार्ड–२०१८’ बाट सम्मान गरेका हो ।