काठमाडौं । सर्वाेच्च अदालतको प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर राणा सर्वसम्मत अनुमोदन भएका छन् । आज सिंहदरबारमा बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित उनलाई अनुमोदन गरेको हो ।
काठमाडौं । आइएमई ट्राभलले नयाँ वर्ष सन् २०१९ को अवसरमा पानीपोखरीदेखि चन्द्रागिरीसम्म सटल बस सेवा शुरु गरेको छ । चन्द्रागिरी हिल्स लिमिटेडको कार्यालय रहेको पानीपोखरी स्थित आइएमई कम्प्लेक्सबाट हरेक दिन बिहान १० बजे बस छुट्ने कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले पुस १७ गतेदेखि चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । बीमा समितिले निर्जीबन बीमा कम्पनीहरुलाई तोकेको न्यूनतम चुक्ता पूँजी एक अर्ब रुपैयाँ कायम गर्न कम्पनीले सो हकप्रद निष्काशन गरेको हो ।
काठमाडौं । सरकारले कर्मचारी समायोजन गर्न ल्याएको अध्यादेश संसद्कों तल्लो सदन प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले सरकारले ल्याएको ‘कर्मचारी समायोजन अध्यादेश २०७५’ संसद् बाट पारित भएको हो ।
काठमाडौं । भारतीय सिने जगतका हस्ती कादर खानको ८१ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो १६÷१७ सातादेखि श्वासप्रश्वाससम्बन्धी समस्याका कारण क्यानडाको टोरान्टोस्थित अस्पतालमा भर्ना गरिएका खानको सोमबार साँझ निधन भएको हो ।
काठमाडौं । धादिङ जिल्लाको धादिङ बेंसीमा प्रधान कार्यालय रहेको राष्ट्रिय स्तरको नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले हालै सिरहा जिल्लामा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । सनराइज बैंक लिमिटेडले काभ्रेपलाञ्चोक जिल्लाको पनौती र नवलपरासीको रामग्राममा शुरु गरेको छ । बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्वेश्यका साथ उक्त बैंकले शाखारहित बैंकिङ सेवा विस्तार गरिरहेको छ ।