इन्टरनेटका प्रतिपादक मानिने अमेरिकी वैज्ञानिक ल्यारी रोबर्टस्को ८१ वर्षको उमेरमा निधन भएको छ । इन्टरनेटको पहिलो प्रारुपको डिजाइन तथा निर्माण गरेका रोबर्टस्को गत २६ डिसेम्बरमा हृदयाघातका कारण निधन भएको हो ।
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी र नर्भिक इन्टरनेशनल हस्पिटलबीच नगदरहित स्वास्थ्य सेवा सम्झौता भएको छ । सम्झौता अनुसार एभरेष्ट इन्स्योरेन्सबाट एभरेष्ट हेल्थ केयर स्वास्थ्य बीमालेख लिएका ग्राहकले नर्भिक अस्पतालमा भर्ना भइ उपचार गराउँदा क्यासलेस उपचार सेवा उपयोग गर्न पाउने बताइएको छ ।
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले एकैपटक ७ वटा शाखाहरु बिस्तार गरेको छ । इन्स्योरेन्स कम्पनीले बीरगंज, पाल्पा, नारायणगढ, हेटौंडा, घोराही, तुलसीपुर र बुटवलमा नयाँ शाखा बिस्तार गरेको हो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपतिहरुलाई सपथ ग्रहण गराएका छन् ।
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले माघ ११ गते सत्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको लघुवित्तले लाभांश अनुमोदनका लागि सभा आह्वान गरेको हो ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकले गैरनाफामूलक संस्था नेपाल क्यान्सर सपोर्ट ग्रुपलाई ५० हजार रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो १३औं वार्षिक उत्सवको अवसर पारेर उक्त सहयोग गरेको हो ।