काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान) ले चार्टर्ड एकाउन्टेन्ट सम्मेलन गर्ने भएको छ । संघले माघ ७ गते काठमाडौंमा सीए सम्मेलन गर्न लागेको हो ।
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा रेमिट्यान्स आप्रवाह ३१.९ प्रतिशतले बढेको छ । यस अवधिमा कुल ३ खर्ब ७६ अर्ब ५९ करोड रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यो रकम अघिल्लो वर्षको यसै अवधिको तुलनामा ३१.९ प्रतिशत बढी हो ।
काठमाडौं । गलत नियतले न्याय सम्पादन गरेको भन्दै उच्च अदालतका पाँचजना न्यायाधीशलाई एकैपटक कारबाही गरिएको छ । साढे ३३ किलो सुनकाण्डमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएका अभियुक्तहरुलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिने विराटनगर उच्च अदालतका पाँचजना न्यायाधीशलाई न्यायपरिषद सचिवालयमा तानिएको छ ।
काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिको आयोजनामा यही पुस २ गतेदेखि फिक्कल– ४, खाङसाङबेंसीमा ‘प्रथम फिक्कल महोत्सव २०७५’ भव्यताका साथ सञ्चालन भइरहेको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाबोसमा माघ ६ देखि १२ सम्म हुन लागेको ‘वल्र्ड इकोनोमी फोरम’ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्दै छन् ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँबराबरको रिपो विक्री गर्ने भएको छ । राष्ट्र बैंकले ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले बोलकबोलमार्फत उक्त रिपो खरिद गर्न सक्ने एक सूचना सार्वजनिक गर्दै आज शुक्रवार जानकारी दिएको हो ।