प्राइम बैंकले ललितपुर फाइनान्सलाई एक्विजिसन गर्ने |
काठमाडौं । प्राइम कमर्सियल बैंकले ललितपुर फाइनान्सलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ । एक्विजिसनसम्बन्धी सहमतिपत्रमा आइतबार हस्ताक्षर भएको छ ।
सहमतिपत्रमा प्राइम कमर्सियल बैंकका अध्यक्ष उदयमोहन श्रेष्ठ र ललितपुर फाइनान्सका अध्यक्ष दीपक महर्जनले हस्ताक्षर गरेका छन् । कन्काई विकास बैंक तथा ललितपुर फाइनान्स लाई प्राप्तिपश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या ९२ हुनेछ ।
Visited 1 times, 1 visit(s) today


