काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध व्यवसायीहरूले व्यापार सहजीकरणको मूलभूत सिद्धान्त अनुसार भन्सार कार्यालयहरू बढी सेवामुखि हुनुपर्नेमा जोड दिएका छन् । भन्सारबाट संकलन हुने राजश्व र भन्सारका दरहरु देश भित्र रहेका उद्योग व्यवसायहरूलाई संरक्षण दिनेतर्फ उन्मुख हुनुपर्ने उनीहरुको भनाई थियो ।