काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७५÷७६ को दोस्रो त्रैमासमा खुद मुनाफामा १७ करोड ४ लाख रुपैयाँ कमाउन सफल भएको छ, जुन अघिल्लो वर्षको सोहिअवधिको तुलनाभन्दा १७ दशमलव ६० प्रतिशतले वढि हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले मुनाफा १४ करोड २५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।