काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक ५४औं वर्षमा प्रवेश गरेको छ । बिहीबार आयोजित वार्षिकोत्सव कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले समृद्ध नेपाल सुखी नेपाली अभियानको सफलताको लागि सबै स्थानीय तहमा मात्र नभई हरेक वडा वडामा बैंकको शाखा पुग्नुपर्ने बताए ।