काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–बैंकक उडानमा आकर्षक योजना ल्याएको छ । निगमले थाइल्याण्ड घुम्न जाने नेपालीलाई लक्षित गर्दै काठमाडौं–बैंकक उडानमा पाँचवटा टिकट खरिद गर्नेलाई एउटा सित्तैंमा उपलब्ध गराउने योजना ल्याएको हो ।
काठमाडौं । स्याफ्रुबेसी–रसुवागढी सडकको स्तरोन्नतिको काम शुरू भएको छ । चीनसँगको रसुवागढी नाकालाई लक्षित गरी बनाउन लागिएको उक्त सडक खण्डको स्तरोन्नतिका लागि हाल सडकमा पर्ने घरटहरा र बिजुलीका पोल हटाउने कार्य सडक विभागले गरिरहेको छ ।