सुबिसु भयंकर अफरका बम्पर बिजेतालाई टीभी प्रदान |
काठमाडौं । सुबिसु केबलनेट प्रालिले सुबिसु भयंकर अफरअन्तर्गत रहेर गरेको लक्की ड्रमा बम्पर पुरस्कार भद्रपुरकी हेमन्ती शाहले ४० इन्चको स्मार्ट टीभी जितेका छन् ।
कम्पनीले १४औं सातासम्म गरेको लक्की ड्रमा १४० जना भाग्यशाली ग्राहकले क्लियर टीभी तथा इन्टरनेट सेवामा तीन महिनाको निːशुल्क सस्क्राइवसन प्राप्त गरेका छन् ।
१५औं तथा अन्तिम सातामा बम्पर पुरस्कार लागि गरिएको लक्कि ड्र अन्तर्गत हेमन्ती शाहले सो पुरस्कार जितेकी हुन् ।



