बुटवल । बुटवलको ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई लाभांश नदिने भएको छ । आर्थिक वर्ष २०७४⁄७५ मा मर्जरको बेला कायम रहेको सञ्चित नोक्सानीको अंश पूरा नभएकाले लाभांश नदिने भएको हो । कम्पनीले बिना लाभांश शनिबार चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।