अब बिदेशकै मूल्यमा नेपालमा टीभी | हिम इलेक्ट्रोनिक्स र सिटी एक्सप्रेस मनी ट्रान्स्फरबीच प्रवासी ग्राहकलाई सुविधा प्रदान गर्न साझेदारी
काठमाडौं । नेपालका लागि सामसुङ उत्पादनहरुको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले प्रवासीहरुलाई विदेशमै बसेर नेपालमा टीभी किन्न मिल्ने सुविधा प्रदान गर्न सिटी एक्सप्रेस मनी ट्रान्स्फरसँग साझेदारी गरेको छ । हिम इलेक्ट्रोनिक्सका तर्फबाट प्रभाकर शम्शेर थापा र सिटी एक्सप्रेस मनी ट्रान्स्फरका तर्फबाट चन्द्र तण्डनले एमओयूमा हस्ताक्षर गरेका छन् ।
सम्झैता अनुसार कतार, साउदी, कुवेत र मलेशियामा रहेको सिटी एक्सप्रेस मनी ट्रान्स्फरको काउन्टरमा गएर पैसा जम्मा गरेपछि नेपालमा रहेका परिवार र आफन्तजनहरुले सोही देश बराबरको एमआरपीमा टीभी खरिद गर्न सक्नेछन् । यो इनिशिएसन जुलाई १, २०१९ बाट प्रारम्भ हुनेछ । हिम इलेक्ट्रोनिक्सले प्रवासीहरुलाई विदेशी टीभी छोडेर स्वदेशमै टीभी किन्न प्रोत्साहित गर्न यस्तो इनिशिएसन गरेको हो । यसको शुरुवातसँगै ग्राहकहरु विभिन्न तरिकाले लाभान्वित हुनेछन् । जस्तै उनीहरुले वारेन्टी दावी गर्न सक्नेछन्, ओसार–पसार छिटो हुनुका साथै त्यस क्रममा हुने तोडफोडको जोखिम समेत परिपूत्र्ति हुनेछ । साथै हिम इलेक्ट्रोनिक्सले मध्यपूर्व देशहरुमा टीभी किन्दा लाग्ने रकममै विश्वकै नं. १ सामसुङ टीभी प्रदान गर्दछ ।
यसका लागि मध्यपूर्व देशहरुमा बस्ने प्रवासीहरुले सिटी एक्सप्रेस मनी ट्रान्स्फरको काउन्टरमा गएर आफ्नो इच्छा अनुसारको टीभी छनौट गर्ने, काउन्टरमा उपलब्ध फारममा आवश्यक विवरण भर्ने, आफैले छनौट गरे बराबर मूल्य र बिना कुनै अतिरिक्त शुल्क दिइएको खातामा रकम जम्मा गर्ने तथा प्राप्त भएको यूनिक कोड र विक्रेताको विवरण नेपालमा रहेका परिवार र आफन्तलाई पठाउने गर्न सक्छन् । त्यसपश्चात, यूनिक कोड र परिचय पत्र देखाएर आफन्त वा परिवारले नजिकैको हिम इलेक्ट्रोनिक्सको विक्रेताबाट टीभी घर लग्न सक्नेछन् ।
हिम इलेक्ट्रोनिक्सले विश्वस्तरीय, स्टेट–अफ–आर्ट, नवीनतम र गुणस्तरीय उत्पादनहरु शुलभ मूल्यमा प्रदान गर्दै आइरहेको छ । हिम इलेक्ट्रोनिक्स प्रालि वर्षाैदेखि उपभोक्तामाझ विश्वसनीय ब्राण्डको रुपमा स्थापना गर्दै निरन्तर रुपमा नेपालमा उत्पादकदेखि विक्री पछिका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।




