सिटिजन्सको वृक्षरोपण |
काठमाडौं (आपास) । सिटिजन्स बैङ्कले अन्तरराष्ट्रिय वातावरण दिवसको अवसरमा वृक्षरोपण कार्यक्रम सञ्चालन गरेको छ । नेपाल राष्ट्र बैङ्कले अवलम्बन गरेको ‘एक कर्मचारी एक फलफूलको बिरुवा’नीतिलाई सहयोग गर्ने उद्देश्यले बैङ्कले आफ्नो कार्यालयको प्राङ्गणमा वृक्षरोपण कार्यक्रम गरेको हो ।

