काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निमार्णका क्रममा ९०० टन विस्पोटक पदार्थ चाहिने भएको छ । २.६७ किलोमिटर लामो सुरुङमार्ग निमार्णको लागि निर्माता कम्पनी हाजमा अन्डो कर्पोरेसनले उक्त परिमाणाममा बिष्फोटक पदार्थ आवस्यक पर्ने जनाएको आयोजना प्रमुख श्याम खरेलले बताए ।