काठमाडौं । टुटल, पठाओ र अन्य निजी सवारी साधनलाई भाडामा मान्छे नबोक्न यातायात व्यवस्था विभागले सुचना जारी गरेको छ । रातो नम्बर प्लेटको सवारी साधनले यात्रु बोक्न नपाउने प्रावधान यातायात व्यवस्था ऐनमा रहेकोले सुचना जारी गरिएको विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए ।