काठमाडौं । हिमालय एयरलाइन्सले चीनको अर्को सहरमा पनि उडान शुरु गरेको छ । गएको कात्तिकदेखि काठमाडौं–बेइजिङ सिधा उडान शुरु गरेको एयरलाइन्सले चीनको दक्षिण पश्चिमी सहर गुइयाङ् मा उडान शुरु गरेको हो ।
काठमाडौं । वैदेशिक रोजगारीका लागि हिँडेका युवा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट फर्काइने घटना पछिल्लो समय बढ्दो छ । यस्ता कामदार रुँदै–कराउँदै वैदेशिक रोजगार विभागको ढोका ढक्ढक्याउन पुग्छन् ।
काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने कामदारका लागि ई–टोकन र म्यासेज सेवा सुरु गर्ने भएको छ । श्रम स्वीकृतिलाई सरलिकृत गर्न यस अघि ई–स्टीकर ल्याएको विभागले यहि मंसिर १५ गतेदेखि ई–टोकन र मेसेज सेवा शुरु गर्न लागेको हो ।
काठमाडौं । ललितपुरको डीएभी स्कुलमा विश्वभरका अंग्रेजी शिक्षकहरूको कुम्भ मेला लागेको छ । टिसोल–नेल्टा क्षेत्रीय सम्मेलनमा सहभागी हुन नेपाललगायत २६ देशका १ हजार अंग्रेजी शिक्षकहरू भेला भएका हुन् ।
काठमाडौं । ग्राहकवर्गहरुको सुरक्षा र निश्चिन्तताको लागि नवीनतम जीवन बिमा योजनाहरु पस्किने क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हालसालै प्रचलनमा ल्याएको ‘सिटिजन शुभारम्भ जीवन बिमा योजना’ लोकप्रिय बनेको छ ।
काठमाडौं । सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस २०७६ ‘न यति न उति सिधै लखपति’ उपहार योजना अन्तर्गत बागलुङ निवासी हाल जापानमा कार्यरत गोबिन्द बहादुर थापाले एक लाख जित्न सफल भएका छन् ।
काठमाडौं । लक्ष्मी बैंकको ११७औं शाखा सुर्खेतको छिञ्चुमा संचालनमा आएको छ । यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंङ सेवा पुर्याउने लक्ष्य राखेको छ ।