तीन भारतीय एयरलाइन्सले काठमाडौंको उडान शुरु गर्दै |
काठमाडौं । भारतको जेट एयरवेजले उडान बन्द गरपछि अन्य एयरलाइन्सले नेपाल उडान गर्ने चासो देखाएका छन् । जेट एयरवेज आक्रमक भएपछि नेपाल उडान बन्द गरेका एयरलाइन्सदेखि नयाँले पनि काठमाडौं उडान गर्ने योजना बनाएका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भातरको स्पाइसजेटले उडानका लागि प्रक्रिया सुरु गरिसकेको छ। स्पाइसजेट फेरि नेपाल आउन लागेको हो ।
भारतका मुम्बई, दिल्ली,बैंग्लोरबाट काठमाडौं उडान गर्ने भारतीय एयरलाइन्सको योजना रहेको छ । हाल इन्डिगो र एयर इन्डियाले यो भारतीय सहर र काठमाडौंबीच उडान गरिरहेका छन्। यो रुटमा नेपाल एयरलाइन्सले पनि उडान गर्छ ।
हिमालय एयरलाइन्सले उडान अनुमति नपाएको भारत उडानमा भिस्तारा र गो एयरले पनि नेपाल उडान गर्ने योजना बनाएका छन् । टाटा ग्रुपको लगानी भएको भिस्तारा एयरले काठमाडौं उडान गर्ने योजना यसअघि नै सार्वजनिक गरेको छ । यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनौपचारिक प्रस्ताव पुगेको छ ।
त्यस्तै भारतको लो कस्ट एयरलाइन्स गो एयरले पनि काठमाडौं उडान गर्ने योजना बनाएको छ । यसका लागि नेपालमा रहेको प्रतिनिधितले तयारी गरिरहेको भारतीय सञ्चारमाध्यममा समाचार आएको छ ।
काठमाडौ उडान गर्ने तयारी गरिरहेको गो एयरले आगामी जनवरीदेखि अनुमतिका लागि प्रक्रिया शुरु गर्ने जानकारी गराएको छ ।


