काठमाडौं । डलरले हालसम्मकै सर्वा्धिक मूल्यको रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि प्रति एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ २४ पैसा कायम गरेको छ भने बिक्रीदर ११८ रुपैयाँ ८४ पैसा तय गरेको छ ।
काठमाडौं । निर्माणाधीन पोखराको क्षेत्रीय विमानस्थलमा कार्यरत ७१ चिनियाँ कामदारलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । विमानस्थलमा हाल १९० चिनियाँ कामदार कार्यरत छन् ।
एजेन्सी । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४ हजारभन्दा बढी पुगेको छ । यस भाइरसबाट मंगलबार साँझसम्म विश्वभर ४ हजार २ सय ६४ जनाको मृत्यु भएको हो । त्यसमध्ये चीनमा मृत्यु हुनेहरुको संख्या ३ हजार १ सय ३६ पुगेको छ भने मंगलबार मात्र त्यहाँ १७ जनाको मृत्यु भएको छ ।
काठमाडौं । अग्रणी वैश्विक स्मार्ट उपकरण ब्राण्ड ओपोले आफ्नो नयाँ फ्ल्यागशिप मोडल अन्तर्गत ओपो एफ१५ स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्ना सामाजिक सञ्जालका पेज पोष्ट मार्फत नयाँ उत्पादन सार्वजनिक हुने तयारीमा रहेको जानकारी विस्तारै दिन थालेको हो ।
एजेन्सी । चीनले महामारीको रूप लिएको कोरोनाभाइरसलाई लगभग नियन्त्रणमा ल्याएको छ । आइतबार चीनभित्र जम्मा ४० जनामा मात्र थप संक्रमण देखिएको छ । यी नयाँ बिरामी पनि हुबेई प्रान्तको राजधानी वुहानमा मात्र भेटिएका हुन् । यसको अर्थ कोरोनाको उदगमस्थल वुहानभन्दा बाहिर कोरोना नियन्त्रणमा आइसकेको छ ।
काठमाडौं । सङ्घीय सरकार कृषि मन्त्रालय र प्रदेश सरकारका कृषि मन्त्रालयबीच पाँच बुँदे समझदारी भएको छ । हिजो र आज सङ्घीय मन्त्री र प्रदेशमन्त्रीबीच भएको छलफलले उक्त समझदारी कायम गरेको हो ।
काठमाडौं । सरकारले थप तीन देशका नागरिकलाई ‘अन–अराइभल’ भिसा नदिने भएको छ । अब स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई ‘अन–अराइभल’ भिसा नदिइने अध्यागमन कार्यालयले जनाएको छ ।
काठमाडौं । सरकारले कोरोना संक्रमण फैलिएको ८ देशबाट नेपाली नागरिक घर फर्किँदा पनि कडाई गर्ने भएको छ । यसरी आउँदा कोरोना संक्रमण नभएको प्रमाणपत्र पेश गर्नुपर्नेछ, जुन जारी भएको सात दिन कटेको हुनुहुन्न ।