एजेन्सी । लेवनानको राष्ट्रिय ध्वजावहाक विमान कम्पनीद्वारा साउदी अरब, कुबेत र कतारका लागि भर्दै आएका उडान अर्को सूचना नभएसम्मका लागि रोक्ने निर्णय गरेको छ ।
काठमाडौं । चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) बंगलादेश र माल्दिभ्समा पनि पुगेको छ । दक्षिण एसियाली देश मध्ये यी दुबै देशमा कोरोनाको संकेत भोटिएको थिएन ।
काठमाडौं । दाङमा सुविधासम्पन्न बस भित्रिएका छन् । तुलसीपुरस्थित अम्बिकेश्वरी प्रालिले ९०/९० लाखका दुई बस भित्र्याएको छ। अम्बिकेश्वरीका यी बसले सोमबारदेखि दाङ–काठमाडौं रुटमा रत्रिकालीन सेवा सुरू गर्दैछन् ।
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले करिब १० महिनासम्म नेपालको माग धान्न सक्नेगरी नुन र ५ महिनासम्म माग धान्नसक्ने चिनी भण्डारण रहेको बताएकाे छ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कोरोना भाइरस (कोभड १९) नियन्त्रणका लागि त्रिभुवन विमानस्थल र स्वास्थ्य सेवा विभागलाई विभिन्न सामाग्रीहरु उपलब्ध गराएको छ ।
काठमाडौं । कारोबारको आधारमा एसियामा अग्रणी रंग उत्पादक, निप्पोन पेन्टले नेपालको सवारी साधन खरिदपछिको बजारमा आफ्ना रंगहरू उपलब्ध गराउने योजना घोषणा गरेको छ ।
काठमाडौं । श्रीलङ्काको बहुचर्चित प्रसिद्ध ब्राण्ड कुमारिका र बेबि शेरामीको उत्पादन अब नेपाली बजारमा आएको छ । एक कार्यक्रमबीच श्रीलङ्काको बहुचर्चित प्रसिद्ध ब्राण्ड कुमारिका र बेबि शेरामी औपचारिक रुपमा नेपालमा बिक्रि खुल्ला गरिएको हो ।