काठमाडौं । बायोपिक चलचित्र बनाउने काम सजिलो भने पक्कै होइन । तर, पछिल्लो समय बलिउडमा बायोपिक चलचित्रहरु बनिरेहका छन् । केही बायोपिक चलचित्रहरु सफल पनि भएका छन्, केही चलचित्र भने दर्शकले रुचाएका छैनन् ।
साउदी अरबमा शाही परिवारका तीन सदस्यलाई हिरासतमा लिइएको छ । तीनजनामाथि सत्ताका लागि षड्यन्त्र रचेको आरोप छ । यसमा राजा सलमानका भाइ प्रिन्स अहमद बिन अब्दुलअजीज अल सउद र भतिजो प्रिन्स मोहम्मद बिन नाएफ समावेश छन् । रोयल गार्डले तीनजनालाई नै उनीहरुको घरबाट पक्राउ गरेको हो ।
काठमाडौं । अनलाइनमार्फत फुड डेलिभरी गर्ने ‘फुडमान्डु’ को वेबसाइटमा साइबर हमला भएको छ । शनिबार राती भएको ह्याकबाट ह्याकरले ग्राहकहरुको व्यक्तिगत विवरणहरुमा अनाधिकृत पहुँच बनाएको फुडमाण्डुले जनाएको छ ।
काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले ८ मार्च, २०२० अर्थात फागुन २५ गते “प्रेरणादायक र साहसी महिला” लाई विभिन्न परिस्थितिका बाबजुत उनीहरुको योगदान र उपलब्धीलाई सम्मान गर्र्न आफ्नो वार्षिक कार्यक्रम “येलो रोज डे” मनाएको छ ।
शन्चन, चीन । ओपोले आज आधिकारिक रुपमा आफ्नो नयाँ फ्ल्यागशिप फाइन्ड एक्सटू सिरिज, फाइन्ड एक्सटू, फाइन्ड एक्सटू प्रो र फाइन्ड एक्सटू अटोमोबिल लाम्बोर्गिनी एडिसन सार्वजनिक गरेको छ ।
काठमाडौं । एनसेलका सबै मोबाइल इन्टरनेट प्रयोगकर्ताले अब बढि शुल्क लाग्ने कुनै डर बिना ढुक्कसँग मेन ब्यालेन्सबाटै सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्नेछन् । एनसेल प्राईभेट लिमिटेडले नयाँ डेटा बोनस योजना सार्वजनिक गरेको छ, जस अन्तर्गत मेन ब्यालेन्स अर्थात पे एज यु गोबाट चलाउँदा लाग्ने रु २ प्रति एमब
काठमाडौं । होलीलाई थप रोमाञ्चक, मनोरञ्जक र मनमोहक बनाउन म्यासेजिङ एप ‘भाइबर’ ले ‘भाइबर होली’ नामक च्याटबट ल्याएको छ । जसले शुभकामनालाई अझ विशेष बनाइदिनेछ । भाइबर होली बटसँग होली ग्रीटिङ कार्डहरु बनाउन सकिने तथा आफ्नो सम्पर्कमा भएका सबैजना माझ एकै साथ सेयर गर्न सकिने छ ।