काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९) नयाँ संक्रमित र मृतकको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा एक हजार एक सय ७९ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।