राष्ट्र बैंकले करिब डेढ खर्ब आन्तरिक ऋण उठायो |
काठमाडौं । चालु आर्थिक वर्ष २०७६∕७७ मा उठाउनु पर्ने आन्तरिक ऋण मध्ये करिब डेढ खर्ब रुपैयाँ नेपाल राष्ट्र बैंकले उठाएको छ । राष्ट्र बैंकले एक खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए ।
भट्टका अनुसार यसका अतिरिक्त केहिदिन भित्रै थप ४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठ्दैछ । ४ अर्ब रुपैयाँ नागरिक बचत पत्रबाट उठाउन लागिएको उनले बताए ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा१ खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट जुटाउने बताएको थियो ।
१ अर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउनका लागि राष्ट्र बैंकले कार्यतालिका नै बनाएको छ । चैत महिनामामात्रै राष्ट्र बैंकले साढे ५५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकिएको बताएको छ ।
चैतमा २५ अर्ब रुपैयाँको ट्रेजरी बिल निष्काशन गरेको थियो भने अर्बको विकास ऋणपत्र जारी गरेर ५५ अर्ब ४० करोड रुपैयाँ उठाएको राष्ट्र बैंकले बताएको छ ।
कुल आन्तरिक ऋणमध्ये ४६.१५ प्रतिशत ट्रेजरी बिलबाट, ५१.२८ प्रतिशत विकास ऋणपत्रबाट, २.०५ प्रतिशत नागरिक बचतपत्रमार्फत र बाँकी ०.५१ प्रतिशत वैदेशिक रोजगार बचतपत्रमार्फत उठाउने राष्ट्र बैंकले कार्यतालिकामा उल्लेख गरेको छ ।
Visited 1 times, 1 visit(s) today


