काठमाडौं । लकडाउन केही खुकुलो बनाएको भारतले अब आन्तरिक उडान खुला गर्ने घोषणा गरेको छ । भारतीय नागरिक उड्डयन मन्त्री हरदीप सिंह पुरीले २५ मेबाट हवाई सेवा सूचारु गर्ने तयारी गर्न सबै विमानस्थल र वायुसेवा कम्पनीलाई निर्देशन दिएका छन् ।
काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) मा आवद्ध आर्थिक पत्रकारहरुको कोरोना वीमा गरिएको छ । युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल). लिमीटेडमार्फत सेजनमा आवद्ध सदस्यहरुको कोरोना बीमा गरिएको हो ।
काठमाडौं । मोबाइल एप रिचार्जरले विश्य बजारकोभन्दा सस्तो मूल्यमा ९५ मास्क उपलब्ध गराउने भएको छ । रिचार्जले निशुल्क होम डेलिभरी सहित १७५ रुपैंयामा ९५ मास्क उपलब्ध गराउन लागेको हो ।
काठमाडौं । ओपो र भोडाफोनले ओपोका स्मार्टफोनको ब्यापक रेञ्ज भोडाफोनको यूरोपियली बजारमा भित्राउन बिस्तृत सहकार्यको घोषणा गरेको छ । यसको थालनी मे २०२०देखि हुने जानकारी दिइको छ ।
काठमाडौं । पछिल्लो समय नेपालमा अनलाइन तथा डिजिटल प्रविधि मार्फत कारोबार गर्नेहरूको संख्या बढिरहेको छ । कोरोना संकटसँगै सरकारले गरिरहेको लकडाउनको कारण प्रयोगकर्ताहरू बढिरहेका छन् भने डिजिटल कारोबारमा बढोत्तरी भएको छ ।
बुटवल । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
काठमाडौं । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार पत्रकार सम्मेलन गरी मन्त्रिपरिषले सोमबार स्वीकृत गरेको नक्सा सार्वजनिक गरेकी हुन् ।
काठमाडौं । सरकारले निजी अस्पतालले शुल्क लिएर कोरोनाको आरडीटी विधिमार्फत परीक्षण गर्न पाउने व्यवस्था गरेसँगै अस्थायी निर्दे्शिका पनि जारी गरेको छ । तर, उक्त निर्दे्शिकामा कति शुल्क लिन पाउने भन्ने उल्लेख गरेको छैन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा संसारमा सबैभन्दा धेरै संक्रमित भेटिनु इज्जतको कुरा भएको तर्क गरेका छन् । ’म यसलाई यो राम्रो भएको रुपमा हेर्छु किनकी यसको अर्थ हाम्रो परीक्षण धेरै राम्रो छ’, ह्वाइट हाउसमा उनले भने ।