काठमाडौं । लघुवित्त संस्थाहरुले हकप्रद सेयर निष्कासन गरेर चुक्तापुँजी बढाउन नपाउने भएका छन् । । मर्जर तथा प्राप्तिको प्रक्रियाबाट नै चुक्तापुँजी तथा पुँजीकोष सुदृढ भई भरपर्दो वित्तीय सेवा सुनिश्चित गर्न लघुवित्त वित्तीय संस्थाहरुलाई हकप्रद शेयर जारी गर्न नदिने नेपाल राष्ट बैंकले जनाएको छ ।
काठमाडौं । हिमालय एयरलाइन्सले चौथो चरणको उद्धार उडान गर्ने भएको छ । कोभिड–१९ का कारण विभिन्न देशमा रहेका स्वदेश फर्कन चाहने नेपालीलाई यही जुलाई ३० देखि अगस्ट ७ सम्म स्वदेश ल्याउने जनाएको छ ।
काठमाडौं । नेपाल टेलिकमले मोबाईल व्यालेन्स रिचार्ज गर्ने तरिका परिवर्तन गरेको छ । टेलिकमका अनुसार अब विभिन्न सेवाहरुको टपअप (रिचार्ज) गर्नका लागि स्टार ४१२ ह्यास प्रयोग गर्न सकिने भएको छ ।
काठमाडौं । नेपाल टेलिमको पोस्टपेड सिमकार्ड बाहकलाई केही दिनदेखि सन्देश आइरहेको छ, ‘अब प्रत्येक रिचार्जमा २ प्रतिशत ‘स्वामित्व शुल्क लाग्ने छ ।’ अर्थात् अब पोष्टपेड मोबाइल रिचार्ज गर्दा कर लाग्छ । यस्तो कर रिचार्ज गरेकै बेलामा काटिनेछ ।
काठमाडौंं । काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ६ पुगेको छ । मंगलबार ५३ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ३ सय नाघेको हो ।
काठमाडौं । ईश्वरी बरालले ‘हरेक रात सपनीमा हुन्छु तिम्रै रानी..’ बोलको गीत बजारमा ल्याएकी छन् । क्षितिज सर्पणको शब्द र राज कुमारको संगीतमा रहेको गीत एक्का कम्पनीको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
रुकुम । पहिरोले घर बगाउँदा रुकुमपश्चिममा दुईजनाको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका–९ स्यालाको एक घर सोमबार राति पहिरोले बगाउँदा दुईजनाको मृत्यु भएको हो ।