गल्फ लुब्रिकेन्ट अब मक्लरेन रेसिङ र मक्लरेन अटोमोटिभको ‘अफिसियल पार्टनर’ |
काठमाडौं । गल्फ लुब्रिकेन्टले मक्लरेन रेसिङ र मक्रलेरन अटोमोटिभसँग साझेदारी भएको छ ।
यो रणनीतिक साझेदारीले विश्वस्तरीय इन्डष्ट्री एक्सपर्टिज, उत्पादन तथा समान, अत्याधुनिक प्रविधि सबैलाई एकै ठाउँमा ल्याएको कम्पनीले बताएको छ ।
कम्पनीकाअनुसार ३१ जुलाईबाट सुरु भएको ब्रिटिश ग्य्रान्ड प्रिक्स देखि गल्फ, मक्लेरन रेसिङ र मक्लरेन अटोमोटिभको साझेदारी सबै प्रचार सामग्रीमा प्रयोग गर्न थालिएको छ ।
गल्फ नेपालको लोकप्रिय लुब्रिकेन्ट ब्रान्ड हो ।
नेपाल ल्युब आयल लिमिटेड नेपालका लागि गल्फ लुब्रिकेन्टको आधिकारिक उत्पादक एवम् विक्रेता हो । मक्लरेनसँगको साझेदारीले नेपालमा समेत गल्फ ब्रान्ड र यसका उत्पादनलाई नयाँ उचाइमा पुर्याउनेमा विश्वास लिइएको छ ।



