काठमाडौं । स्मार्टफोन बजारमा असफल भएको माइक्रोसफ्टले फेरि नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । माइक्रोसफ्टले एन्ड्रोइड अपरेटिङ सिस्टमबाट चल्ने हाइ रेञ्जको स्मार्टफोन ल्याउने भएको हो ।
काठमाडौं । मनकामना दर्शन प्रालिले आफ्ना कर्मचारीलाई पुरै तलव दिने भएको छ । कोरोना पछिको लकडाउनका कारण चार महिनादेखि बन्द रहेको मनकामना केबलकारले आफ्ना कर्मचारीलाई लकडाउन अवधिको पनि पूरै तलब दिने भएको हो ।
काठमाडौं । नियमित व्यावसायिक उडान भदौ १६ सम्म बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मन्त्रिपरिषदको निर्णयअनुसार उडान बन्द गराउने सूचना जारी गरेको छ ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्नै खर्चमा बैंक तथा वित्तीय संस्थाले कोभिड–१९ सङ्क्रमण भएका र उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षण गर्न निर्देशन दिएको छ ।
काठमाडौं । लिम्पियाधुरा सहितको नेपालको राजनीतिक तथा प्रशासनिक नक्साको अंग्रेजी संस्करण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्विकृत गरेको छ ।
काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा नेपाल लाइफ इन्स्योरेन्सले खुद बीमाशुल्क करिब २० प्रतिशत बढाउन सफल भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले २७ अर्ब ३४ करोड ३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।
काठमाडौं । नेपाल बंगलादेश बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा १ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा २१.६२५ ले थोरै हो । अघिल्लो वर्ष यसले १ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
काठमाडौं । नेपाल टेलिकमले ८ अर्ब ५५ करोड नाफा कमाएको छ । टेलिकमको नाफा भने गएको वर्ष भन्दा घटेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा र आम्दानी दुबै घटेको हो ।
काठमाडौं । सरकारी स्तरको राष्ट्रिय बाणिज्य बैंकले गत आर्थिक बर्ष २०७६∕०७७ मा बाणिज्य बैंकहरुमध्येमा सबैभन्दा बढी खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत बर्ष ४ अर्ब ४५ करोड रुपैयाँ नाफा गरेको छ ।