भारतबाट सार्पसुटर आउँदै भनेर अफवाह फैलाउने ‘पत्रकार’ पक्राउ परे |
काठमाडौं । आफूलाई पत्रकार दावी गर्ने सुनिल शर्मालाई प्रहरीले पक्रेको छ ।
बिराटनग घर भएका ५४ बर्षीय शर्मालाई बूढानीलकण्ठबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।
आफूलाई दैनिक भारत र उक्ता भारतको पत्रकार दावी गर्ने शर्माले नेपाल–भारत सीमा विवादपछि ‘नेपालका प्रधानमन्त्रीलाई जवाफी कारवाही गर्न भारतबाट सार्पसुटर नेपाल आउँदै’ भनेर सामाजिक संजाल (फेसवुक)मा लेखेका थिए ।
विश्वहिन्दु महासंघको नेपाल व्यूरो चिफ समेत दावी गर्ने शर्मालाई अफवाह फैलाएको कसुरमा हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको एसएसपी ज्ञवालीले बताए ।
Visited 1 times, 1 visit(s) today


