काठमाडौं । देशभर कोरोना संक्रमण र मृत्यु दर बढ्दै गएपछि सरकारले संघ, प्रदेश र स्थानीय तहमा गरी ६ हजार भन्दा बढी बेड थप गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केन्द्रीय अस्पताल, प्रदेश र पालिका तहमा गरी ६ हजार २ सय २ वटा बेड थप भएका छन ।
काठमाडौं । काठमाडौंमा कोरोना संक्रमण बढेको भन्दै भदौ १ देखि व्यवसाय दर्ता तथा नविकरणका लागि अनलाइन माध्यमबाट सेवा दिने घोषणा गरेको वाणिज्य विभागले निषेधाज्ञाकै बीच कार्यालयमै आएर नविरकण गर्नुपर्ने जानकारी गराएको छ ।
काठमाडौं । गायक बुद्ध लामाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ’हुन्न हुन्न, हुँदै हुन्न’ बोलको गीतमा बुद्धसँग सज्जा चौलागाईंले सहकार्य गरेकी छन्। गीतमा टिका दाहालको संगीत छ भने रमेश दाहालको शब्द छ ।
काठमाडौं । टिकटकबाट चर्चामा आउन सफल जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय रहेको गीत ’हुन्छ खोसाखोस’ सार्वजनिक भएको छ । भिडिओमा मन्जिल बस्नेत र सागर लम्सालले साथ दिएका छन् ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले पर्वतको कुश्मामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकको ४२औँ एक्सटेन्सन काउण्टरको उद्घाटन पर्वतका प्रमुख नवराज सापकोटाले गरे ।
काठमाडौं । गोदरेज कंज्युमर प्रोडक्टस लिमिटेड (जीसीपीएल) नेपालले ट्राफिक प्रहरीलाई १ हजार ५० थान फेस सिल्ड सहयोग गरेको छ। यस कोरानाको महामारीको विच ट्राफिक प्रहरीहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै विहीवार कम्पनिले उक्त फेस सिल्ड हस्तान्तरण गरेको हो।
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले रिचार्जमा बोनस अफर ल्याएको छ । कम्पनीले ६ महिना र १ वर्षको वार्षिक शूल्क रकम पुनःभुक्तानी गरेमा छुट दिनेगरी रिचार्जमा बोनस अफर ल्याएको हो ।
काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले अवदेखि कोरोना भाईरसको पीसीआर परिक्षणमा विशेष छुट पाउने भएका छन् । शुक्रबार कामना सेवा विकास बैंक र सुरिया हेल्थ केयरबीच छुट दिनेसम्बन्धी सम्झौता भएको हो ।