जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सीको ’हुन्छ खोसाखोस’ सार्वजनिक |

काठमाडौं । टिकटकबाट चर्चामा आउन सफल जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय रहेको गीत ’हुन्छ खोसाखोस’ सार्वजनिक भएको छ । भिडिओमा मन्जिल बस्नेत र सागर लम्सालले साथ दिएका छन् ।
सार्वजनिक गीतमा गायकद्वय नेत्र भण्डारी र अस्मिता अधिकारीको स्वर छ । गीतमा सुनिल बिसीको शब्द, सन्तोष सुनारको संगीत र रिकेश गुरूङको एरेन्ज सुन्न सकिन्छ ।
रोमान्टिक शैलीमा तयार भएको गीतको म्युजिक भिडिओलाई राजीव समरले निर्देशन तथा कोरियोग्राफी गरेका छन् ।
भिडिओमा राम कुमार केसीको छायांकन र टेकेन्द्र शाहको सम्पादन छ । गीतलाई राजन नेपालले निर्माण गरेका हुन् ।