काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री डा. युवराज खतिवडाको पदावधिको बारेमा केही दिन पर्खन आग्रह गरेका छन् । पत्रकार ऋषि धमलासँगको अन्तवार्ताका क्रममा प्रधानमन्त्री ओलीले अर्थमन्त्री खतिवडाको बारेमा २० गतेसम्म पर्खन अनुरोध गरेका हुन ।
काठमाडौं । जीवन विकास लघुवित्त, सल्भ लघुवित्त र गरिबी न्यूनिकरण लघुवित्तले मर्जर पश्चात भदौ २२ गतेदेखि एकिकृत कारोबार शुरु गर्ने भएका छन् । यी तीन लघुवित्तले जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गर्न लागेका हुन् ।
कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ ।
काठमाडौ । वैदेशिक रोजगारीमा रहेका ८० प्रतिशत श्रमिक तत्काल नेपाल फर्कन इच्छुक देखिएका छन् । ‘‘नेपाल पोलिसी इन्स्टिच्युट र माइग्रेसन ल्याब” महामारीका कारण वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकमा परेको प्रभावबारे गरेको अध्ययन यस्तो देखाएको हो ।
काठमाडौं । शनिबार उपत्यकामा कोरोना संक्रमित ह्वात्तै घटेका छन् । शुक्रबार उपत्यकामा ४१५ जना संक्रमित भेटिएकोमा शनिबार सो संख्या घटेर १८६ जनामा सीमित भएको हो ।
काठमाडौं । बितेकोे २४ घण्टामा देशभर थप ८८४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४२ महिला र ६४२ पुरुष गरी जम्मा ८८४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
काठमाडौं । चीनले नेपालसँगको साझेदारीमा निर्माण गर्ने प्रतिबद्धता जनाएका भौतिक पूर्वाधारको काम कोरोनाको प्रभाव न्यूनीकरण भएलगतत्तै चरणबद्ध रुपममा शुरु गर्ने प्रतिबद्धतता जनाएको छ ।